नेपाल अहिले कस्तो छ कोरोना संक्रमणको अवस्था ?

58

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् ।