मनाङका स्थानियलाई स्याउ टिप्ने चटारो, तस्विरमा हेरौं

81

मनाङ । मनाङको नासों गाउँपालिका वडा नम्बर ८ मा रहेको ताचै गाउँमा यतिबेला स्याउ टिप्ने समय भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा गरिने एक मुख्य कृषिवालीको रुपमा स्याउखेति रहेको छ । ताचै गाउँका सोल बहादुर गुरुङ्गका अनुसार तेहाँका किसानले गाउँमा लोकल, गोल्डेल, फुजी, गाला, रेड डेलिसियलगायत विभिन्न प्रजातिका स्याउ रोप्ने गरेका छन् । अब बिस्तारै यो ठाउँमा व्यवसायीक रुपमानै स्याउ रोप्ने तयारी भईरहेको गुरुङ्गको भनाई छ ।
गाला प्रजातिका स्याउ अन्यभन्दा चाडैं पाक्ने भएर प्रायः किसानहरुले टिपिसेका छन् । फुजि जातिको स्याउ पछि पाक्ने भएर केही समयपछि मात्र टिप्ने किसानहरुले जानकारी दिएका छन् ।

तस्विरमा हेरौं:

तस्विरः सोल बहादुर गुरुङ