देशभर थपिए ३५७ जना कोरोना संक्रमित

102
save photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३५७ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार ३५७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ८५७ जनाको पिसिआर र एक हजार ५०० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार ९८२ जना सक्रिय संक्रमित छन्। ६२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेकफ संख्या शून्य छ।