चाँगुको पिखेलमा ट्रक र स्कुटी ठोकियो, बस्नेतको मृत्यु

633
सांकेतिक तस्विर

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल ट्रक र स्कुटर ठोकिएको छ । डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको बा. ५ ख ५४२३ नं. को निशान मिनि ट्रकमा सोही दिशा तर्फ जाँदै गरेको बा. ६७ प. ८४२२ नं. को स्कुटी ठोकिएको हो ।

प्रहरीका अनुसार स्कुटीले ओभरट्याक गर्ने क्रममा मिनि ट्रकमा ठक्कर खान जाँदा स्कुटी चालक जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी बस्ने बर्ष ३२ को माधब बस्नेतको मृत्यु भएको छ ।

गम्भिर घाइते भएका बस्नेतको उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा थप उपचारको लागी त्रि.वि. शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौ पठाइएको उपचारकै क्रममा समयमा मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा लिएको छ ।

ट्रकका चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने बर्ष ४३ को सत्यराम कर्मचार्यलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिएको छ । साङ्केतिक तस्वीर