भक्तपुर । पत्रकार र पत्रकारिता क्षेत्र कसैको दबाबमा पर्न नहुने सरोकारवालाहरुले बताएका छन् ।
मानव आधिकार संचार प्रतिष्ठान र नेपाल पत्रकार महासघ भक्तपुरले सोमबार आयोजना गरेको स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचारकर्मीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन् ।
संचार क्षेत्र नै दबाब र अभावमा रह्यो भने जनता र सुशासनका मुद्दा बाहिर ल्याउन नसक्ने पत्रकार पेशल आचार्यले बताए ।
जनप्रतिनिधि भन्दापनि सुशासनका कुरा सरकारी कर्मचारीलाई बढी चेतना हुनु पर्नेमा त्यो नभएको अर्का पत्रकार रमेश गिरीले बताए ।
कार्यक्रम वरिष्ठ पत्रकार प्रभात चलाउने, महासघका केन्द्रिय सचिब नारायण सुन्दर किलम्बु, भक्तपुरका पुर्ब अध्यक्ष पुष्करराज बुढाथोकी, भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायत सुशासन कायम गर्नकोलागी सबैलाई संचार क्षेत्रलेले जगाउनु पर्ने चासो बताए ।