बाढीको कारण २५ जनाको मृत्यु

156
सांकेतिक तस्विर

काठमाडौ । अविरल वर्षाको कारण देशमा विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्। रेडियो पाकिस्तानले देशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ। भारी वर्षाका कारण बुधबार (जुन १५) त्यस क्षेत्रमा बाढी आएको हो।

बुधबार (जुन १५) उत्तर-पूर्वी क्षेत्रहरूमा भारी वर्षा र अपस्ट्रीम भारतको मेघालयमा रेकर्ड-ब्रेक हने गरी वर्षात् भएको छ। सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्।

त्यसैगरी हबिगञ्ज जिल्लाको अजमिरीगञ्ज, नबीगञ्ज, हबिगञ्ज सदर उपजिल्ला र हबिगञ्ज शहर शुक्रबारको बाढीले डुबानमा परेका छन्। आगामी दुई दिनभित्र बङ्गलादेश र भारतको उत्तरपूर्वी क्षेत्रमा बाढी तीव्र हुने अनुमान मौसमविद्हरूले गरेका छन्। आसममा १ लाख २३ हजार लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। एजेन्सी