Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय भारतीय चर्चित गायक कृष्णकुमार कुनाथको हृदयघातबाट निधन

भारतीय चर्चित गायक कृष्णकुमार कुनाथको हृदयघातबाट निधन

134

काठमाडौं : भारतीय चर्चित गायक कृष्णकुमार कुनाथ (केके) को हृदयघातबाट निधन भएको छ। कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए। उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन्।उनले २ सय भन्दाबढी हिन्दी गीत गाएका छन्।