भक्तपुर । स्थानीय तहको मत परिणामा आउने क्रम जारी छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेपाली कांगे्रसले मेयर पदमा नेपाली कांग्रेसका जीवन खत्री बिजयी भएका छन् । यस नगरपालिकाको वडा नं.९ को अन्तिम मत परिणाम आएपछि नेपाली कांग्रेसका जिवन खत्री बिजयी भएका हुन् ।
उनलाई एमालेकी बिना बास्तोलाले पछ्याइरहकी थिइन् । तेस्रो स्थानमा राप्रपाका उम्मेदवार रविन्द्र प्रताप शाह रहेका छन् । यस्तो छ मतपरिणाम ः मेयर पद एमाले÷ कांग्रेसको मत ÷राप्रपाको मत
वडा नं. १, एमाले १०५७ / कांग्रेस ११३७
वडा नं. २, एमाले ११२१ / कांग्रेस ११९२
वडा नं. ३, एमाले १४०६ / कांग्रेस १३३४
वडा न. ४ एमाले ११८० / कांग्रेस १११३
वडा नं. ५, एमाले ८०२ / कांग्रेस १३२६
वडा नं. ६, एमाले १०८४ / कांग्रेस १९१/ वडा नं. ६ सम्म राप्रपा ४६७०
वडा नं. ७, एमाले ६३० / कांग्रेस १३६९ / राप्रपा १०२६
वडा नं. ८, एमाले १२४७ / कांग्रेस ११६१ / राप्रपा १६०४
वडा नं. ९ एमाले ५८७ / कांग्रेस ६५७ / राप्रपा ७०३
चाँगुनारायणको अन्तिम मत परिणाम आउँदा
कांग्रेस ९४९४, एमाले ९११४ र राप्रपाले ८००३ मत ल्याएको छ ।
३ सय ७० मतले एमाले पराजित भएको छ ।
उपमेयरमा नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । उनलाई कांग्रेसकी शुभद्रा काफ्ले पछ्याइकी थिइन् ।














