गाउँलाई ‘उज्यालो’ बनाउन लागेको एउटा योद्धा

358

काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नंं. १ (साविकको बालुवापाटी देउपुर) मा सक्रिय समाजसेवी थिए शिवप्रसाद ढकाल । वडा नं. ६ को आधाभन्दा धेरै बस्ती अध्यारो थियो । नगरकोट भन्दा केही मुनीको गाउँ टुकि बत्तिकै भरमा दैनिकी चलाउथ्यो । ढकालले आफ्नो गाउँमा बिजुली बत्ति बालि छाड्ने अठोट गरे । त्यसपछि गाउँलेहरुसंग सल्लाह गरेर बनेपामा रहेको विद्युत प्राद्यिकरण गए । धेरै लामो प्रयासपछि तेति बेलाको वडा नं. ६को चुरिथुम्का र गिर्धरेमा बिजुली बत्ति बल्यो । २०६५ साल कत्र्तिक महिनामा गाउँ उज्यालो भयो । शिव ढकाल खुसी भए । गाउँमै रहेको भद्रकाली स्कुलको शैक्षिक गुणस्तर सुधार गर्नपनि उनी निकै खटिएको स्थानीयहरु बताउँछन । यहिँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ढकाल नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार छन् ।
हामीले उनलाई सोध्यौं तपाईको चुनाव जित्ने आधार के ? ढकालले भने ‘मैले आफ्नो खेतीपाती बाँझो राखेर आफ्नो गाउँ र समुदाययको हितमा लगाए’ । ‘यदि मलाई विश्वास गरेर जिताउनु भयो भने समग्रवडालाई सुन्दर बनाउने छु ।’