दुर्व्यवहार गरेको भन्दै एसपी फिर्ता

126

काठमाडौं । निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार गरेको आयोग स्रोतले बतायो । ‘बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै अभद्र व्यहार गर्नुभयो । आयुक्तमाथि अशोभनीय व्यवहार भयो,’ आयोग स्रोतले भन्यो, ‘यो घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिसकेको छ ।’