Friday, October 16, 2026
Home राजनीति संसद्‍को दाेस्रो बैठक जारी, एमसिसी पास गरिने

संसद्‍को दाेस्रो बैठक जारी, एमसिसी पास गरिने

46

फागुन १५,

काठमाडौं : प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सुरु भएको छ। एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन्। बैठकमा एमसिसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। आधा घण्टाका लागि स्थगित भएको बैठक डेढ घण्टापछि सुरु भएको हो।