जेठ १२,
काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका सिल गरिएको छ । आज १२ गतेदेखि जेठ २१ गतेसम्म सम्पूर्ण नगरक्षेत्र सिल गरिएको सूचना प्रकाशित भएको हो । तर, दुध संकलन समेत नगर्नु भनेर आएको सूचनापछि पशुपालक किसान मर्कामा परेका छन् । यस नगरपालिकाको १ देखि वडा नम्बर १२ सम्मका धेरै पशुपालक किसानहरु मर्कामा परेका छन् । दुध बिक्रि गर्न नपाएपछि दोहोरो मर्कामा परेको किसानहरुले नयाँ नेपाल न्यूजलाई टेलिफोन मार्फत जानकारी दिएका हुन् ।