राष्ट्रिय युवा संघको भक्तपुरमा मोटरसाइकल र्याली

217

माघ ७,
भक्तपुर । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव निकट राष्ट्रिय युवा संघको भक्तपुरले मोटरसाइकल र्याली आयोजना गरेको छ । मोटरसाइकल र्याली सल्लघारीबाट सुरु भएको भक्तपुरको विभिन्न स्थानको परिक्रमा गरेको युवा संघका नेता दिपक थापाले जानकारी दिएका छन् । माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि आज काठमाडौमा मोटरसाइकल र्याली निकालिएको छ । जनप्रदर्शनको तयारीस्वरुप नेदवावस्वरुप मोटरसाइकल र्याली निकालेको हो । केन्द्रीय संघर्ष समितिको आह्वानमा लाखौंको संख्यामा निकालिएको र्यालीमा सबै पक्षका मानिसहरुको सहभागिता रहेको थियो । नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभाको विघटनविरुद्ध लगातार संघर्ष गर्दै आएको छ ।