पुस,१५
काठमाडौं . नेकपाको प्रचण्ड–नेपाल समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन्।
गुरुङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको बताएका हुन्।
‘गुरूङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा स्वदेश तथा आन्दोविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’
त्यस्तै, उनले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको बताए। सबै समुदायहरूमा यी उपलब्धि गुम्न नदिन एकताबद्ध भई लनमा लाग्न उनले आग्रह गरेका छन्।













