९ जना एसएसपी डीआइजीमा बढुवा

460

पुस १३,
काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई एक नम्बरमा डीआईजी बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका १४ जना प्रहरी वरिष्ठ उपरिक्षकहरु डिआईजी बन्ने प्रतिस्पर्धामा थिए । सो ब्याचबाट ७ जना बढुवा सिफारिसमा सूचीमा अटाएका छन् । उनीहरु ०४९ वैशाख १९ मा सेवा प्रवेश गरेर बढुवामा पछि परेका थिए । ११ चैत २०४९ मा सेवा प्रवेश गरेका क्षेत्रीको वैकल्पिक टोलीबाट दिवेश लोहनी र मुकुन्द राज आचार्य डिआईजीमा बढुवा सिफारिस भएका छन् ।

सो ब्याचका विश्वराज पोखरेल यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भैसकेका छन् ।