‘सरकार परिवर्तन हुन सक्छ’

212

मंसिर ७,
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने तर सरकार भने परिवर्तन हुन सक्ने बताएका छन् ।
कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताएका हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने बताए ।
उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै जना पार्टी फुटाउने योजना समेत नरहेको उल्ल्ेख गर्दै पार्टी कुनै माटोको हाडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गरे । नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रुपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए । कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले बताए । उनले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताए ।