भक्तपुरमा डुबेर एकको मृत्यु

394
सांकेतिक तस्विर

चैत २२,
भक्तपुर । ईटा भट्टाले बनाएको पोखरीमा डुबेर भक्तपुरमा एक जना मजदुरको मृत्यु भएको छ ।
आईतवार दिउँसो एक वजेतिर चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित चारपाटे वि.एम. भट्टामा इट्टा बनाउनको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा एक मजदुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोखरीमा पौडी खेल्ने क्रममा डुवेर उदयपुर त्रियुगा नगरपालिका वडा नं. ४ आँपटार घर भई हाल सोही भट्टामा काम गर्ने बर्ष ३० को मुकेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा राई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनसाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक राज कुमार थापाको कमाण्डमा गएको प्रहरी टोलीले स्काभेटर लगाएर पोखरीको पानी कम गराएको थियो ।
पा
नी कम भएपछि प्रहरीले राईको शव फेला देखिएको थियो । शव पोष्टएमार्टमका लागि भक्तपुर अस्पताल दुधपाटी पठाई घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।