प्रतिवन्धित भारतीय नोट साटिदिन वित्तमन्त्रीसँग अर्थमन्त्री खतिवडाको आग्रह

96

असोज १७,
काठमाडौ । भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी अर्थमन्त्री डा। युवराज खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीच शुक्रबार भेटवार्ता भएको छ । भारतीय वित्त मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा। खतिवडाले नेपालमा ठूलो परिमाणमा रहेका ५ सय र एक हजारका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

भारतले कालोधनविरुद्ध कारवाही गर्ने भन्दै एकाएक ५ सय र एक हजार भारुका नोट प्रतिवन्धित गरेको थियो । सो प्रतिवन्धपछि उसले आफ्नो देशका नागरिकसँग रहेका ती नोट सटही गरे पनि नेपालमा रहेको ठूलो परिमाणको नोट साट्न इन्कार गर्दै आएको छ ।

अर्थमन्त्री डा। खतिवडाले भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत आग्रह गरे । विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने आस्वासन भारतीय वित्तमन्त्री सितामरणले दिइन् । अर्थमन्त्री डा। खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरे ।