Saturday, October 10, 2026
Home समाचार वैदेशिक रोजगारीमा ठगी गर्ने फरार महिला पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने फरार महिला पक्राउ

259

असोज ६,
काठमाडौं । वैदेशिक रोजगार ठगीमा अदालतबाट डेढ वर्ष कैद सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं १० की ४६ वर्षीया विमला थापालाई बानेश्वरबाट पक्राउ गरेको हो। सरिताकुमारी सापकोटाको जाहेरीले उनलाई वैदेशिक रोगगार ठगीमा अदालतले २०७४ साल असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख पचास हजार जरिवाना हुने फैसला सुनाएको थियो।

अदालतले फैसला सुनाएयता फरार थापालाई सोमबार थापागाउँबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। कैद भुक्तानका लागि उनलाई जिल्ला अदालत पठाइएकोमा अदालतले केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ।