Wednesday, October 7, 2026
Home अर्थ दशैंका लागि नयाँ नोटः यी २५ ठाउँबाट साट्न पाइने

दशैंका लागि नयाँ नोटः यी २५ ठाउँबाट साट्न पाइने

233

असोज ३,
काठमाडौं । राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो। उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछन्।
त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ।

यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछन्।
राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ। त्यस्तै नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।