Tuesday, October 20, 2026
Home अन्तर्राष्ट्रिय लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच धक्का-मुक्का

लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच धक्का-मुक्का

132

एजेन्सी, भदौ २६,
काठमाडौं । लामो समयदेखि विवादित भूमि लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच कुटाकुट भएको छ। भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाका अनुसार लद्दाखस्थित भारत-चीन सीमामा भारतीय र चिनियाँ सैनिकबीच संघर्ष भएको हो। टाइम्स अफ इन्डियाले आफ्नो स्रोतलाई उल्लेख गर्दै बिहीबार लेखेको समाचारअनुसार बुधबार पूर्वी लद्दाखमा भारत र चीनका सैनिक भिडेका हुन्। दुई देशका सेनाबीच धेरै बेरसम्म धक्का-मुक्का चलिरहेको स्थानीयले बताएका छन्।

यो घटना प्याङ्गोङ्ग तालको उत्तरी किनारमा भएको हो। जसको दुईतिहाइ भाग चीनको नियन्त्रणमा छ। रिपोर्टअनुसार भारतीय सैनिक गस्तीमा थिए। त्यही क्रममा उनीहरूको जम्काभेट चिनियाँ पिपुल्स लिबरेसन आर्मीका जवासँग भएको हो। चिनियाँ सैनिकहरूले यस क्षेत्रमा भारतीय सैनिकको उपस्थितिको कडारूपमा विरोध जनाएका थिए। त्यसपछि दुवैबीच धक्का(मुक्का सुरू भएको हो। यो कुटाकुटपछि त्यहाँ दुवै देशले आफ्ना सैनिकको संख्या बढाएका छन्। बुधबार साँझसम्म पनि दुवैपक्षबीच कुटाकुट चलेको टाइम्स अफ इन्डियाले जनाएको छ। पत्रिकाले भारतीय सेनालाई उद्धृत गर्दै जनाएअनुसार तनावपछि भारत र चीनबीच ब्रिगेडियरस्तरको द्विपक्षीय बार्ता गरिने भएको छ।