बहुविवाहको मुद्धामा छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

245

साउन ८,
काठमाडौं । निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरेका हुन् ।

‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले भनेका छन्, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’ छवि र शिल्पाको डिर्भास मुद्धा चल्दै गर्दा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएकी थिइन् । हेमको प्रवेशसँग छवि र शिल्पाको लफडाले नयाँ मोड लिएको छ । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो ।