Wednesday, September 23, 2026
Home कृषि सर्वोच्चको आदेशपछि भारतबाट आयात तरकारी र फलफूलमा विषादी परीक्षण सुरु

सर्वोच्चको आदेशपछि भारतबाट आयात तरकारी र फलफूलमा विषादी परीक्षण सुरु

310

बीबीसी, असार २९,
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पूर्वी नाकाहुँदै नेपाल भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादीको अवशेष मापन पुन: सुरु भएको छ। शुक्रवार अपराह्नदेखि विषादी मापन पुनः थालिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन्। उनले भनिन्, ‘मन्त्रिपरिषद्‍ले विषादी मापन कार्य रोक्ने भनेपछि केही दिन नमुना आएन। सर्वोच्च अदालतले मापन गर्ने काम नरोक्नू भनेर आदेश दिएपछि शुक्रवारदेखि भन्सार कार्यालयहरूबाट विषादी मापनका लागि पुनः नमुना पठाउन थालिएको छ।’ दिनमा झन्डै ३० वटा नमुनाको परीक्षण भइरहेको आचार्यले बताइन्।

झापाको बिर्तामोडको कृषि थोक बजार परिसरमा रहेको विषादी अवशेष मापन द्रुत प्रयोगशालामा झापा, मोरङ र सुनसरीका नाकाबाट भारतबाट आयात गरिने तरकारीका नमुना विषादी मापनका लागि ल्याइने गरेको छ।