असार ५,
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले आज संसदमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयको खर्च कटौती प्रस्ताव पेश गर्दै गर्दा उपप्रधानमन्त्रि द्धय ईश्वर पोख्रेल र उपेन्द्र यादव आपसी गफमा व्यस्त थिए । नेता गच्छदार बोल्दै गर्दा पनि उनिहरुको ध्यान रोष्टमतिर थिएन । त्यसैललाई नेता गच्छदारले व्यङ्य गर्दै भने यो संसदमा हिजो संविधान प्रति चर्को आवाज उठाउने मधेशवादी दलका नेताहरु पनि हुनुहुन्छ । त्यतिमात्रै होईन सरकारको उच्च पदमा आशीन मन्त्री पनि यहि हुनुहुन्छ, तर उहाँलाई मेरो कुरा चित्त नबुझ्न सक्छ त्यसैले होला उहाँको ध्यान यतातिर छैन ।













