भक्तपुरको राजमार्गमा नयाँ नियम लागूः तीव्र गतिमा सवारी हाँक्न नपाइने

292

जेठ २७, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्गको मनोहरा पुलदेखि काभ्रे साँगा चोक सडकखण्डमा सवारीको गति नियन्त्रण गर्ने अभियान सुरु गर्ने भएको छ । भक्तपुरमा सवारी दुर्घटनाका घटनाहरु वढ्न थालेको भन्दै भक्तपुरको सीमाना मनोहरा पुल–सूर्यविनायक ६ लेन र सूर्यविनायक–साँगा चोकसम्मको २ लेन सडकमा यो नियम लागू गर्न लागिएको हो । अब मनोहरा पुलदेखि साँगा चोकको मुख्य ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० किमी प्रति घण्टाको गतिमा गुडाउनु पर्नेछ । असार १ गतेबाट लागु गरिने महानगरीय प्रहरी परीसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।