Saturday, October 17, 2026
Home समाचार खटाएको ठाउँमा नजाँदा उपसचिव परे निलम्बनमा

खटाएको ठाउँमा नजाँदा उपसचिव परे निलम्बनमा

251

जेठ २६,
काठमाडौं । रौतहटको गौर नगरपालिकाका प्रशासकीय अधिकृत रहेका उपसचिव सुमनकुमार कार्कीलाई खटाएको ठाउँमा हाजिर नभएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाका लागि निलम्बन गरेको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हस्ताक्षर गरेको निलम्बन पत्रमा जेठ १ गते सरुवा गरे पनि कार्कीले अटेर गरेको उल्लेख गरेको छ।

मन्त्रालयले गौर नगरपालिकाबाट सरुवा गरी कार्कीलाई दार्चुलाको शैल्यशिखर नगपालिका पठाएको थियो। सरुवा भएको २१ दिनभित्र पनि कार्की हाजिर हुन नगएको, लिखित र मौखिक रूपमा तीन दिन भित्र हाजिर हुन निर्देशन दिए पनि अवज्ञा गरेपछि निलम्बन गरिएको मन्त्रालयको भनाइ छ।

‘खटाएको कार्यालयमा बहाल गर्न नगई त्यहाँ ९गौरमा० रइरहेको तथा तपाईं उपर यस मन्त्रालयमा विभिन्न उजुरी प्राप्त भएकोले निजामति सेवा ऐन २०४९ अनुसार अभियोगको जाँचबुझ गर्ने प्रयोजनका लागि दुई महिनाका लागि तपाईंलाई निलम्बन गरिएको छ,’ सचिव कोइरालाले हस्ताक्षर गरी गौर नगरपालिकालाई बोदार्थ दिएको पत्रमा भनिएको छ। मन्त्रालयले कार्कीलाई शुक्रबार निलम्बन गरेको हो।