Friday, October 2, 2026
Home राजनीति सरकारले सोचेअनुरुप काम गर्न सकेन : गगन थापा

सरकारले सोचेअनुरुप काम गर्न सकेन : गगन थापा

77

जेठ ८,
पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् । नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको बताए।

सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुशी र सुख दिन नसकेको उल्लेख गर्दै उनले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताए ।