Thursday, October 1, 2026
Home समाचार बौद्धमा शंख बजाएर किन गरियो सरकारको विरोध

बौद्धमा शंख बजाएर किन गरियो सरकारको विरोध

75

बैशाख २६, काठमाडौं । साँखु चाबहिल सडकखण्ड छिटो पिच गर्नुपर्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास प्रहार गरेका थिए ।चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन थालेका हुन् । प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको थियो । बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका थिए । प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ