बैशाख २५,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलासेँमा रहेको काठमाडौं फन भ्याली यो सजिनमा बन्द खुल्न सकेन् ।
केही वर्ष सम्म गर्मीयाम लागेपछि सुरु हुने उक्त स्थानमा जलक्रिडा गर्न चाहानेहरुको लाइन नै लाग्थ्यो ।
तर कम्पनिको ५५ प्रतिशत लगानी कर्ता रहेका भोगेन्द्र गुरागाईले ४५ प्रतिशत लगानीकर्तालाई भित्र पस्न नदिएको भन्दै विवाद सिर्जना भएको थियो । विवादलाई मिलाउने प्रयास भएपनि निष्र्कशमा पुग्न नसकेपछि फन् भ्याली बन्द भएको स्रोतको भनाई छ । करिब ८० जनाले प्रत्यक्ष रोजगारी पाएको र मनोरञ्जनको राम्रो विकल्पको रुपमा रहेको सो स्थान बन्द हुदाँ गर्मीमा जलक्रिडा गर्न चाहनेलाई समेत समस्या भएको छ । भोगेन्द्रको लगानी रहेको अन्य व्यवसायमा समेत आजभाली यस्तै लफडा भइरहेको स्रोतले बताउछ । यसबारेमा गुरागाईसंग बुझ्न खोज्दा फोन रिसिभ गरेनन् ।













