Sunday, September 20, 2026
Home खेलकुद २७ विकेटका साथ सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

२७ विकेटका साथ सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

109

चैत १९,
काठमाडौँ –नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् ।

सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका सन्दीपले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएसँगै सन्दीपले यो सफलता हात पारेका हुन् ।

सन् २०१९ को जनवरीयता सन्दीपले बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेल्दै छ खेलमा चार विकेट, यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिन सफल भएका थिए । सन्दीप युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्दै चार विकेट लिएका थिए । त्यसैगरी पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपको २७ विकेट पुगेको हो।-रासस