हावाहुरीबाट घाइते भएकालाई बचाउनः रक्तदानमा जुटे सुरक्षाकर्मी

78
सांकेतिक तस्विर

चैत १८,
काठमाडौँ । गएराती बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् । रातभरी उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरुका लागि रक्तदान गरेका हुन् । आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा ३१ जनाको ज्यान गएको छ भने ५ सय जनाभन्दा बढी घाइते भएका छन् । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।