फागुन २४
काठमाडौँ :लामो समयदेखि स्वतन्त्र मधेसको माग राख्दै विखण्डनकारी गतिविधि गर्दै सिके राउतले मुलधारको राजनीति थाल्ने भएका छन् । राउतले देश टुक्र्याउने अभियान त्याग्ने घोषणा प्रधानमन्त्री केपी ओली उपस्थित हुने कार्यक्रममा गर्ने भएका हुन् । तराई मधेसमा अलग्गै राज्यका लागि आन्दोलनरत सिके राउतले विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा समाहित हुने पुष्टि उनका सहयोगी डा. विनय पञ्जियारले पनि गरेका छन् । सिके राउतले तराई मधेसमा स्वतन्त्र राज्यको माग छाड्दै मुलधारको राजनीतिमा आउने घोषणा कार्यक्रम शुक्रबारै दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुँदैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउत दुवैले सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले पनि राष्ट्रिय सभा गृहबाट सिके राउतसँगै प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने कुराको पुष्टि गरेको छ ।