Sunday, November 22, 2026
Home समाचार मन्त्री अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने

मन्त्री अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने

114

फागुन १७,
पोखरा– मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ। आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ। मृत्यु संस्कार घटाउने अभियान चलाउन उनले संस्कृति मन्त्रालयमार्फत समिति नै गठन गरेका थिए।