Tuesday, September 22, 2026
Home राजनीति संसदीय सुनुवाइ समितिको बैठक स्थगित, चौधरी र दत्तको सुनुवाइ आइतबार हुने

संसदीय सुनुवाइ समितिको बैठक स्थगित, चौधरी र दत्तको सुनुवाइ आइतबार हुने

212

फागुन १७,
काठमाडौँ -संसदीय सुनुवाइ समितिको आज बस्ने भनिएको बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा संसद्मा श्रद्धाञ्जलि कार्यक्रम रहेको हुँदा आइतबार ११ बजे बैठक बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो ।

बिहीबार बस्ने तय भएको बैठक सरकारले मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा गरेको हुँदा आजका लागि बैठक तय गरिएको थियो । यसअघि यही फागुन १४ गते बस्ने भनिएको बैठक कोरम नपुगेर स्थगित भएको थियो । थारू आयोगका अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेशी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ आइतबार हुनेछ ।-रासस