Friday, October 2, 2026
Home अन्तर्राष्ट्रिय जम्मु-काश्मिरमा फेरि गोली हानाहान, मेजरसहित चार सैनिक मारिए

जम्मु-काश्मिरमा फेरि गोली हानाहान, मेजरसहित चार सैनिक मारिए

125

फागुन ६,
एजेन्सी
भारत प्रशासित जम्मु–काश्मिरमा पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार भएको एक गोलीबारीमा सेनाका चार जवान मारिएको छन् भने एक जवान घाइते भएका छन् । अहिले गोलीबारी समाप्त भइसकेको तर सेनाको घेराबन्दी अहिले पनि जारी भएको बीबीसी हिन्दीले बताएको छ । पुलिस सूत्रका अनुसार सेनाको ५५ आरआर, सिआरपीएफ र एसओसीले संयुक्त अपरेशन सुरु गरेका थिए ।

सेनाले उक्त इलाकामा चरमपन्थी लुकेको सूचना पाएको थियो । सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले गोलीबारी सुरु गरे जसमा चार जवानको मृत्यु भयो । यसमा एक मेजर पनि समावेश छन् ।

सेनाको संयुक्त टोली गत हप्ता बिहिबार सरकारी सुरक्षा फौजमाथि भएको हमलापछि चरमपन्थीहरुको खोजी अभियान चलिरहेको छ । केही संदिग्ध इलाकामा सैनिकले फायरिङ गर्दा चरमपन्थीले गोलीबारी सुरु गरेका थिए ।