फागुन ४,
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा राष्ट्रिय प्राणी उद्यान बन्ने भनिएको करिब ४ वर्ष पुरा हुन लागिसकेको छ । २०७१ माघ १० गते स्वर्गीय शुसिल कोइराला प्रधामन्त्री, महेश आर्चाय वनमन्त्री र भक्तपुरका वर्तमान सांसद महेश बस्नेत उद्योग मन्त्री भएको समयमा मन्त्रीपरिषद् बाट उक्त निर्णय पारित भएको थियो ।
वर्तमान प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदाँ २०७३ असार ९ गते प्राणी उद्यानको शिलान्यास गरेका थिए । २ बर्ष भित्रमा बन्यजन्तु तथा पशुपन्छी राखेर संचालन गर्ने भनेको पनि २ बर्ष नै भयो ।
वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्विकृत नगर्दा यस बर्ष उद्यानको कुनै पनि काम हुन सकेको छैन् ।
भक्तपुरको तत्कालीन कटुन्जे, गुण्डु र सिपाडोल गाविस हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ६, ७ र ८ को भू–भाग यो उद्यानको सीमाभित्र पर्दछ । उक्त क्षेत्रभित्र ७ वटा सामुदायीक वनको २ सय ४५ हेक्टर क्षेत्रफल ओगट्छ ।
प्राणी उद्यानको काम कछुवा गतिमा भएको स्वय्म सांसद बस्नेतको भनाई छ । उनले भने ‘मैले सक्दो प्रयास गरिरहेको छु, तर वनबाट पास भएर अर्थ मन्त्रालया गएर कुरा रोकिएको छ । ’
मुलुकै गौरव यस आयोजना समयमा निर्माण सम्पन्न गरेर पूर्ण रुपमा संचालन गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आर्कषणको केन्द्र हुने उनले बताए ।
स्थानीय सरकारको भनाई:
सूर्यविनायक नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष रविन्द्र सापकोटाले स्थानीय तहले प्राणी उद्यान निर्माणका लागि सक्दो सहयोग गरिरहेको बताए । नगरपालिकाले राष्ट्रिय प्राणी उद्यानसंग समन्वय गर्ने जिम्मेवारी समेत उनलाई दिएको छ । वि.स २०३५ सालमा पहिरो जादाँ तत्कालिन गाँउ पन्चायतले चार घर परिवारलाई प्रति परिवार १० आनाका दरले जमिन दिन सिफारिस गरेको भएपनि उक्त कार्य प्रशासनिक रुपमा नभएकाले ७ नम्बर वडाको मन्थली भन्ने स्थानमा सिमांकनमा केही समस्या भएको सापकोटाको भनाई छ । हाल उक्त स्थानमा २८ घरपरिवार बस्दै आएका छन् । नगरपालिकाले त्यो समस्या समाधान गर्ने समेत सापकोटाले बताए । अर्का तर्फ केही स्थानको पानीको मुहान र केही जातिको कुलपुजा गर्ने स्थान समेत प्राणी उद्यान घोषणा गरिएको क्षेत्रभित्र पर्ने छ । त्यसलाई समेत सबैजनाको राय र सल्लाह लिएर एउटा निस्कर्षमा पुग्ने वडा अध्यक्ष सापकोटाले बताए । पटक सरकार परिवर्तन र स्थिर सरकार नहुदाँ समयमा काम हुन नसकेको उनको भनाई छ ।
गुरुयोजना पास भएको मितिले पाँच वर्ष उद्यान संचालन हुन्छः
राष्ट्रिय प्राणी उद्यानका निर्देशक नारायण रुपाखेतीले गुरुयोजना पास भएको मितिले पाँच वर्षभित्रमा उद्यान पूर्ण रुपमा संचालनमा आउने दाबी गरेका छन् । केही कुराले गर्दा समय ढिला भएपनि गरुयोजना पासको एक वर्षमा डिपिआर बनाउने र त्यसको पहिलो चरण तीन वर्षमा ५६ प्रतिशत र दोस्रो चरणमा ४४ प्रतिशत काम हुने उनले बताए । निमार्ण गर्न लागिएको प्राणी उद्यान केन्द्रको लागत भने करिव ७ अर्व रुपैया लाग्ने अनुमान गरिएको छ । केन्द्रले अहिले १६ किलोमीटरको सिमाकन मध्य १३ किलोमीटर सिमाकन गरिसकेको छ । जसमा तारजाली प्रयोग गरेर बार्ने काम र दुई ठाँउमा पानीको स्रोतकालागि डिपबोरिङ्ग गरिएको रुपाखेतीले जानकारी दिए । प्राणी उद्यानको सचिवालय भवन समेत आगामी बैशाखभित्र तयार हुनेछ । गुरुयोजना स्विकृत भए ५ बर्ष भित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य लिएको प्राणी उद्यान केन्द्रले १५ बर्ष भित्र सवै लागत उठाइसक्ने लक्ष्य राखेको छ । प्रत्यक्ष रुपमा २ सय जना मानिसले रोजगारी पाउने छन् । स्थानीय स्तरमा होमस्टे समेत सुरुगर्ने तयारी भइरेको छ ।
उद्यानभित्र उपचारकेन्द्रदेखि सभा हलसम्म
गुरुयोजना अनुसार प्राणी उद्यानमा जिवजन्तुको कृत्रिम बासस्थान निर्माण हुनेछ । जसमा लोपउन्मुख प्रजाती एंव वन्य जन्तुको सरक्षण र प्रजनन् केन्द्रको स्थापन गरिने छ । घाइते, बिरामी र टुहुरा वन्यजन्तुको हेरचाहका साथै उपचार गर्नको लागि पशु अस्पताल समेत निर्माण गर्ने लक्ष्य रहेको छ । साथै पर्यटक को लागि सुरक्षित तरिकाले अवलोकन गराउने व्यवस्था गर्ने जनाएको छ । जैविक पर्यटन र जिवजन्तुको खुल्ला चिडीयाघर हुने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभा समेत बनाउने लक्ष्य लिएको छ ।
यस आर्थिक बर्षमा केन्द्रको लागि छुटाएको बजेतले केन्द्रको भवनको मात्रै काम अगाडी वढेको छ । यस बर्ष केन्द्रले मन्त्रालयमा तीन वटा हात्ती ल्याउन प्रस्ताव गरेपछि माउते तथा कर्माचारीको दरवन्दी कतौती गरेपछि हात्ती ल्याउन नसकिएको केन्द्र ले जनाएको छ । यस्तै राष्ट्रिय प्राणी उद्यान केन्द्रको भक्तपुर स्थित कार्यलय ३५ जना कर्माचारीको दरवन्दी रहेको छ । तर कार्यलयमा दरवन्दी अनुसारको कार्माचारी नहुदा र भएका कर्माचरीहरुलाई दोहोरो जिम्मेवारी दिदाँ प्राणी उद्यानको काममा ढिलाई भएको केन्द्रले जनाएको छ ।