विवेकशील साझा पार्टीः फुटपछि आरोप प्रत्यारोप जारी

147

पुस २८,
काठमाडौं । विवेकशील साझा पार्टी दुई टुक्रा भएको २४ घण्टामा पार्टीका नेताहरुबीच आरोप प्रत्यारोप जारी छ ।
पार्टीबाट बाहिरीएर नयाँ पार्टी बनाएका उज्वल थापाले वैकल्पिक पार्टी निर्माण अभियानलाई धोका दिएको आरोप लगाए । विवेकशील साझाका संयोजक थापासहित १६ जनाले ‘विवेवशील नेपाली पार्टी’ ब्यूँताएका थिए । विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाएको छ । उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् । संयोजक मध्येका एक थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।