वाइडबडी; संसदीय उपसमिति द्धारा प्रतिवेदन पेस

80

पुस १८, काठमाडौंः संसदको लेखा समितिले वाइडबाडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ। लेखा समिति अन्तर्गत राजन केसीको संयोजकत्वमा गठन गरिएको उपसमितिले आफ्नो प्रतिवेदन मार्फत यस्तो निष्कर्ष निकालेको हो। उप समितिले आजै समितिमा आफ्नो प्रतिवेदन पनि पेश गरेको छ। नेपाल एयरलाइन्सले खरिद गरेको दुई वटा वाइडबडी जहाज खरिदमा अनियमितता भएको गुनासो बढेपछि लेखा समिति आफैले अनुसन्धान गरेको थियो। उपसमितिले जहाज खरिदको खास रकम कति हो भन्ने पनि अहिलेसम्म खुल्न नसकेको जनाएको छ। उपसमितिले उक्त रकम नखुलेका कारण अनिमितताको रकम थप बढ्न सक्ने जनाएको छ। उपसमितिले नेपाल एयरलाइन्सका महानिर्देशक सुगतरत्न कंसाकारसहित गृह सचिव प्रेम राई, शंकर अधिकारी र कृष्ण देवकोटालाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन पनि सिफारिस गरेको छ। त्यस्तै पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही, जितेन्द्र नारायण देवलाई पनि समितिले दोषी देखाएको छ। अहिलेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि सत्यतथ्य बाहिर नल्याएको आरोप लगाइएको छ। शाही र देबलाई कानुन बमोजिम कारबाहीको सिफारिस गरिएको छ।-थाहा खबर