Saturday, October 17, 2026
Home समाचार चेलीबेटी ओसारपसारको व्यवसाय गर्ने तिर्थराज रेग्मीको नयाँ धन्दा

चेलीबेटी ओसारपसारको व्यवसाय गर्ने तिर्थराज रेग्मीको नयाँ धन्दा

174

असोज २५,
काठमाडौ । दुर्गम क्षेत्रहरूबाट अशिक्षित एबम गरिबिको रेखामुनि रहेका परिवारका चेलीबेटीहरुलाई राम्रो आम्दानी लगाईदिने भनी काठमाडौ उपत्यका लगायतका सहरमा ल्याई होटेल,रेस्टुरेन्ट,मसाज सेन्टरमा यौनजन्य गतिविधिमा समेत बाध्य पार्ने रेग्मीले अबैध बाटोबाट वैदेशिक मुलुकमा पठाई श्रमशोषण गर्ने गरेको,कतिपय बिचल्ली पारेर सम्पर्क बिहिन समेत बनाएको सम्बन्धित उजुरी दर्ता भएको छ।यसरी चेलीबेटी ओसारपसार गरि आर्थिक आम्दानीको श्रोत बनाएका रेग्मीले अहिले आएर गाउँका आर्थिक कम्जोर भएका केही ब्यक्ति लाई आर्थिक आम्दानीको प्रलोभनमा काठमाडौमा झिकाई प्रतिष्ठित ब्यापारी एबम सरकारी कर्मचारीहरुलाई कृतिम कारोबार रहेको सृजना गरि रकम माग गर्ने नदिए आधारहीन आरोपहरु लगाई चरित्र हत्या गरेको तथ्य हाम्रो अनलाइन उपत्यका ब्युरोमा प्रमाण प्राप्त भएको छ।

निज रेग्मिले आफ्नो दोश्रो श्रीमती यशोदा भट्टराई(रेग्मी)र आफ्नो शासुलाई प्रयोग गरेर पैसाको मोलमोलाइ गरेर पैसा नझरेपछी निजले मोरङ उर्लाबारी-८ दुर्गापुरी निवासी रामप्रसाद धिमालका दाइ बिष्णु धिमाललाई काठमाडौ मा झिकाई ब्यापारी दिनेश कोइराला नामका ब्यक्तिलाई धिमाल मार्फत रकम माग गरेको बुझिन आएको छ।रेग्मीले धिमाललाई विभिन्न संचार माध्यममा लागि बनावट,तथ्य र आधारहीन आरोप लगाउन अभियान नै संचालन गरेको समेत बुझिन आएको छ।रेग्मीलाई चेलीबेटी ओसारपसार को उजुरीअनुसार प्रहरी प्रशासन ले छानबिन गरि कारबाही गर्नुपर्नेमा उल्टै कसुरदारले कृतिम ब्यक्ति खडा गरेकालाई नै आधार मानी संचार माध्यममा प्रतिक्रिया दिने गरेको प्रती राम प्रसाद धिमालले हाम्रो अनलाइनलाई बताएका छन् । मेरो दाइ बिष्णुको स्वास्थ अवस्था समेत कम्जोर रहेको छ । दाईलाई अपहरण शैलीमा गाउँबाट आर्थिक रकमको प्रलोभन देखाई काठमाडौमा ल्याएको र हाम्रो सम्पर्क बिहिन भएकोले यथासिघ्र धन्दा संचालन गरेका रेग्मी समुहबाट मुक्त गराई सकुशल हामी परिवारको सम्पर्कमा ल्याउन र पुरै जिवनरक्षाको लागि सरोकारवाला निकाएमा अपिल समेत गरेको भाइ रामप्रसाद धिमाल ले बताए ।

रेग्मी जस्ता मानव तस्करलाई कारवाही गर्न र धिमालको जीवन रक्षा गर्नको लागि महिला बालबालिका तथा मानव मन्चका अध्यक्ष दीपक पुनको नेतृत्व सरकारलाई सुझाव पेस गर्न एक कार्यदल विभिन्न मानव अधिकारकर्मीले बताए ।