असोज १५,
इन्डोनेसियाको सुलावेसी द्विपमा शुक्रबार आएको ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भुकम्प र सुनामीमा मर्नेको संख्या ८ सय नाघेको छ । अधिकारीहरुले मर्नेको संख्या ८ सय ३५ को मृत्यु पुगेको र यो संख्या दुईगुणा पुग्न सक्ने बताएका छन् । भुकम्प र सुनामीबाट घाइते हुनेहरु ५ सय भन्दा बढी भएको अधिकारीहरुले बताए । सुलावेसी द्विपमा पराकम्पन आउने क्रम जारी रहेको र त्यहाँका वासिन्दा त्रासदी रहेको बताइएको छ । यस विपत्तीबाट प्रभावितहरुसम्म राहत पुर्याउन इन्डोनेसियाको सेना परिचालन गरिएका छन् ।
अहिलेसम्म धेरैजना बेपत्ता रहेको र ती मध्य धेरैजसो भग्नावशेषमै पुरिएको हुन सक्ने अधिकारीहरुले बताए । सुलावेसी द्विपका प्रमुख सहर पालु र भुकम्प केन्द्र नजिकको डोंगाला सहर सबैभन्दा धेरै प्रभावित भएको छ । सरकारको विपत्ती ब्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुगोरोले पालु र डोंगालामा मेर्नेको संख्या अझै धेरै बढ्ने बताएका छन् । उनले भने– प्रभावितहरुलाई सुरक्षित निकाल्न र मारिएकाहरुको पहिचान गर्ने काम भइरहेको छ । हाम्रो अनुमानमा पालु र डोंगाला दुबै ठाउँमा भुकम्प र सुनामीका कारण मर्नेका संख्या बढ्न सक्छ । हामीलाई प्राप्त समाचारमा कयौं स्थानमा सुनामीको छाल ६ मिटर अर्थात २० फिट अग्लो थियो र मानिसहरुले त्यो भन्दा अग्ला रुखमा चढेर आफना ज्यान बचाएका छन् ।