उमेश कार्की हत्याको विषयमा के भन्छिन् उनकी श्रीमती अनिता (भिडियो सहित)

399

साउन २८,
भक्तपुर । गत असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जितपुरमा हत्या भएका उमेश कार्कीको परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । घटना भएको ४५ दिन बितिसक्दापनि प्रहरीले सबै अपराधी पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेको हो । भक्तपुरमा पत्रकार सम्मेलन गर्दै मृतक उमेशकी श्रीमती अनिता कार्कीले भन्नि मेरो ‘श्रीमानले केवल दुई टुक्रा मासु पोखिदिएकाले मात्र मारिएका होइनन् ।’कुनै ठुलै रिसिविका कारण योजना बनाएर नै आफ्नो श्रीमानको हत्या भएको भन्दै अनिताले सत्यतथ्य बाहिर ल्याउन प्रहरी समक्षमाग गरेकी छिन् । उनले रड टाउकोमा हानेपछि पटक पटक चक्कु हानेर छिया छिया हुने गरि टाउकोमा २५ भन्दा बढि चोट लाग्ने प्रहार गर्नु पुरनो रिसिवि नै भएको उनको भनाई छ । ‘प्रहरीको अनुसन्धानमा भनिए जस्ततो दुई चोक्टा मासु पोखिएको रिसमा हत्या भएको कुरा हामी पत्याउन सक्दैनौं, अनिताले भन्नि । पत्रकार सम्मेलनमा उनले भनिन् ‘घोप्टीएको भनेको मासु पनि केवल ४ पाँच चोक्टा मात्र रहेछ तल्लो तल्लामा मासु घोप्टाएको भए कसरी उहाँलाई माथिल्लो तल्लामा लगेर विभत्स हत्या गरियो ?

गत असार १५ गते भक्तपुरको चागुनारायण ६ मा हत्या भएका उमेश कार्कीको परिवारले गरेको पत्रकार सम्मेलन

Publiée par नयाँ नेपाल न्युज sur Samedi 11 août 2018

घटनामो प्रकृति हेर्दा उनलाई टाउकोमा मात्र २५ भन्दा बढि चोट लाग्ने गरि छुरा हानीएको थियो त्यो कुनै सामान्य रिस नभएको र विभत्स तरिकाले छोराको हत्या गरिएको मृतक उमेशका पिता कृष्ण वहादुर कार्की बताए ।
आफ्नो छोराको हत्या भएपनि अरुको पनि हत्या नहोस् भनी छिटो भन्दा छिटो हत्यारालाई कानुनी दायरामा ल्याउनु उनले सम्बन्धीत निकायसंग माग गरेका छन् । उक्त घटनामा संग्लन हत्यारालाई छिटो भन्दा छिटो कारवाहीको दायरामा ल्याउन पीडित परिवारले माग गरेको छ । उक्त घटनामा संग्लन भनिएका राजेन्द्र चौधरी , बासुदेव लोहार (विक), सुकदेव लोहार (विक), शंकर पटेललाई प्रहरीलाई अनुसन्धानको दायरामा ल्याउन नसक्नुले घटनाको रहस्य बाहिर आउन नसकेको उनीहरुको भनाई छ । मृतक कार्कीका बुवा, आमा श्रीमती र दुइ छोरा रहेका छन् । परिवारको कमाउने मानिस नै रहस्यमय तरिकाले हत्या हुदाँ उक्त परिवार ठुलो समस्या परेको छ ।