असार १८,
काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले सरकारका नाममा रुलिङ गरेका हुन्। सांसदहरुले आफुहररुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धीत मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए। सोमबार शुन्य समय र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख महराले यस अघि पनि आफुले ध्यानाकर्षण गराएको स्मरण गराउदै पुन सांसदहरुले उठाएका महत्वपुर्ण विषयको जवाफ दिन सरकारको विशेष ध्यानाकर्षण गराए। उनले भने, “शुन्य समय र विशेष समयको विषयमा नियमावलिको १५ प्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । लामो समयदेखि सुन्य समय र विशेष चल्दै आएको छ र माननिय सदस्यहरुले देशका विभिन्न घटनाक्रम संग सम्बन्धीत महत्वपुर्ण गम्भीर विषय उठाउनुभएको छ तर नियमावलिको १५ को उपनियमा २ मा सम्बन्धीत मन्त्रीले ५ दिन भित्र जवाफ दिने उल्लेख गरिएको छ । त्यसकारणले म यस विषयमा यसअघि ध्यानाकर्षण गराईनै सकेको छु । एक पटक फेरी सरकारलाई माननिय जीहरुले गम्भीरता पुर्वकसुन्य सयम र विशेष समयमा उठाएका विषयको जवाफ दिने विषयमा म सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’ शुन्य समय र विशेष समयपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।