Monday, September 21, 2026
Home समाचार स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाः यस्तो छ जिवनरेखा

स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाः यस्तो छ जिवनरेखा

461

बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा गोर्खाको पालुंटार नगरपालिका २०१० साल पुष ४ गते (पण्डितगाउँ लिलिगमा-४) जन्मिएका डा. देवकोटाको जन्मिएका हुन्। गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थी सावित भएर देखाए। शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे। त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए।

अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोष्टिङ भए । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे । दुई वर्षमै उनी सर्जरी विभागमा रजिष्ट्रार भए। पाँच वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए। चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी त उनले तालिम अवधि नसकिँदै पास गरे। त्यो कुरालाई बेलायतीले पनि सम्मान गरे। नेपालमा सिकेको विद्यार्थीको यो स्तर देखेपछि उनीहरुले अर्को वर्षदेखि नेपालमा ‘एफआरसिएस’ को परीक्षा केन्द्रं राखे।
बेलायतमा अध्ययन तथा प्रशीक्षण पुरा गरेर नेपाल फर्किएका देवकोटा नेपालमा मात्रै नभएर दक्षिण एसियामै न्यूरो सर्जकको रूपमा ख्याती कमाएका न्यूरो चिकित्सक मानिन्छन्, जो एक्लैले आफ्नो करिअरको अवधिभर २० हजारजनाको शल्यक्रिया गरिसकेका छन् र २१ लाख बिरामीलाई जाँचिसकेका छन्। वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी त्यसपछी बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहे।

देवकोटाको डाक्टर बन्ने सपना घरबाटै सुरु भयो। बुबा होमनाथ कविराज थिए, बुबाले पुर्याएको सेवा देख्दा उनको बाल मष्तिष्कमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलाउन थालेको थियो । उनको घर गुरुकुल जस्तै थियो। त्यहाँ नुवाकोट, तुल्सिपुर देखिका मानिसहरु पढ्न पुग्थिए। नले एमबिबिएस सकेपछि सन् १९८६ मा डा.मधु दीक्षितसँग विवाह गरे । उनका तीन छोरी छन् । उनै देवकोटाको आज (२०७५ असार ४) साझँ निधन भएको छ ।