Friday, October 2, 2026
Home उर्जा आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा …..कुलमान घिसिङ

आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा …..कुलमान घिसिङ

801
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ

असार ३,
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् ।उनले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव रहेको नभन्न पनि सम्बन्धित निकायसँग आग्रह गरे ।विशेष आर्थिक क्षेत्र प्राधिकरणले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिना अघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि स्मरण गराए । प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ ।भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट गरे ।सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ ।