Wednesday, October 7, 2026
Home खेलकुद ब्राजिलले ८४ वर्ष यता कहिल्यै पहिलो खेल हार्नु परेको छैन

ब्राजिलले ८४ वर्ष यता कहिल्यै पहिलो खेल हार्नु परेको छैन

138

असार ३,
फिफा विश्व कप–२०१८ मा आइतबार राति रोमान्चक भिडन्तले रुसको मौसमलाई केही तताउने छ । २०१४ को सेमिफाइनलमा घरेलु मैदानमै जर्मनीसँग ७–१ को लज्जास्पद पराजयको तीतो भुलाउनसमेत यसपटक ब्राजिलले विश्व कप ट्रफी चुम्नैपर्ने अवस्था छ । सन् १९३४ को विश्व कपमा आफ्नो पहिलो खेलमा स्पेनसँग हारेपछि ब्राजिलले ८४ वर्ष यता कहिल्यै पहिलो खेल हार्नु परेको छैन । साथै ब्राजिलसँग विश्व कपको पहिलो १८ मध्ये १६ खेल जितेको कीर्तिमान पनि छ । पाँच पटकको विश्व विजेताले स्विट्रल्यान्डसँग पनि त्यही इतिहास दोहराउने विश्वास गर्न सकिन्छ । तर, यसपटक स्विट्जरल्यान्डसमेत तिखारिएर मैदानमा उत्रिने पक्का छ । विश्व कपको इतिहासमा साविक विजेतालाई पहिलो खेलमा हराएको कीर्तिमान स्विट्जरल्यान्डसँग पनि छ । २०१४ को दुख अन्त्यको पिडा बिर्साउन ब्राजिललाई झन्डै २ वर्ष लागेको थियो । २०१६ मा आएरमात्र ब्राजिलको खेल फेरी लयमा फर्किएको थियो । त्यसपछि पछाडि फर्किएर हेर्न नपरेको ब्राजिली टोलीले छनोट समूहमा सम्झनलायक खेल पस्किएको थियो । ४ वर्षअघिको घटनापछि टोलीलाई बलियो बनाउँदै जाँदा अहिले ब्राजिलमा विश्व कपको अनुभव संगालेका मात्र ६ खेलाडी बाँकी रहेका छन् ।