Home समाचार मोटरसाइकल ठोक्किँदा नापी कार्यालयका कर्मचारीको मृत्यु

मोटरसाइकल ठोक्किँदा नापी कार्यालयका कर्मचारीको मृत्यु

0
मोटरसाइकल ठोक्किँदा  नापी कार्यालयका कर्मचारीको मृत्यु

जेठ ३१,
सुनसरी । धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा नापी कार्यालय, धरानका कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर–११ घर भई धरान नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेको इलाका प्रहरी कार्यलय धरानका डीएसपी रामेश्वर पौडेलले बताए। बुधबार राति ८ बजेतिर धरान–१२ छाताचोकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here