जेठ १९,
भक्तपुर । शनिबार मध्यान्नमा भएको सडक दुर्घटनामा परि एक युवको ज्यान गएको छ । मध्यपुर थिमि राधेरोधबाट काठमाडौं तर्फ जादै गरेको बा ३ ख २७२२ नं. को बसले निकोसेराबाट आउदै गरेको बा ४० प २०९४ नंलाई ठक्कर दिदाँ घाइते भएका २४ वर्षे दिपक ख्याजुको उपचारको क्रममा मृत्यु भएको छ । घाईते घाइते भएका ख्याजुलाई तत्काल उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको, थप उपचारका लागी बि एण्ड बि अस्पताल लगिएकोमा उपचारकै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरेको र ठक्कर दिने बसका चालक प्रहरीले नियन्त्रणमा लिएको महानगरि प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाईले बताएका छन् ।
बसका चालक सिन्धुपाल्चोक घर भइ हाल भक्तपुर च्यामासिंह बस्ने बर्ष २८ को दिप बहादुर प्रधानलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको । केही अगाडी मात्र पलासेँमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु भएको थियो ।













