Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय के किम जङ-अन चीन गएका हुन् त ?

के किम जङ-अन चीन गएका हुन् त ?

227

काठमाडौं । अप्रत्यासित रूपमा बेइजिङ पुगेका उत्तर कोरियाली उच्च अधिकारी अरू कोही नभइ सर्वोच्च नेता किम जङ-अन नै भएको अड्कलबाजी भइरहेको छ। बिबिसि नेपाली अनलाईन लेल्छः सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो। दक्षिण कोरियाले ती अधिकारीको पहिचान थाहा हुन नसकेको बताएको छ। तर सावधानीपूर्वक अवस्थालाई नियालिरहेकोु उसले जनाएको छ। सन् २०११ मा सत्ता सम्हालेयता किमको पहिलो विदेश भ्रमण हुनेछ।
के किम जङ-अन विदेश भ्रमणमा जान डराउँछन्रु

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

चीन अथवा उत्तर कोरियाले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर किमको भ्रमणलाई महत्त्वपूर्ण विकासक्रमको रूपमा हेरिन सक्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना भेटवार्ताका लागि किमले अनपेक्षित रूपमा पठाएको निमन्त्रणा स्वीकार गरेका थिए। र, जटिल कूटनीतिक आवश्यकताहरू पूर्तिका लागि अधिकारीहरूले पर्दा पछाडि काम गरिरहेको विश्वास गरिएको छ। त्यसअघि उत्तर कोरियाली र चिनियाँ नेताहरूबीच भेटवार्ता हुन सक्ने विश्लेषकहरूले बताएका छन्। चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो। टोकियोस्थित निप्पोन न्यूज नेटवर्कको भिडिओ फूटेजमा पहेँलो रेखा कोरिएको हरियो रङ्गको रेलको डब्बा देखिन्छन्। सन् २०११ मा बेइजिङ भ्रमणका क्रममा किमका पिता एवं पूर्वशासक किम जङ-लले प्रयोग गरेको रेल जस्तै देखिएको उक्त च्यानलले जनाएको छ। सोमवार प्रस्थान गरिसकेपछि मात्रै किमको भ्रमणबारे पुष्टि गरिएको थियो।