ओलीमाथि गरिएको व्यवहार मानवीय दृष्टिकोणले गलत: वामदेव

9

काठमाडौँ । नेकपाका केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा एक खुलापत्र लेख्दै गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्री बनेकोमा बधाई दिँदै गौतमले ओलीमाथि गरिएको व्यवहार राजनीतिक र मानवीय दृष्टिकोणले गलत भएको टिप्पणी गरेका हुन्।

उनले ७४ वर्षका वृद्ध र शारीरिक रूपमा अस्वस्थ नेतालाई अपमानित हुने गरी थुनामा राख्नु उचित नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। गौतमले आफ्नो पत्रमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमको स्मरण गराएका छन्। तत्कालीन समयमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको र १९ जनाको मृत्यु भएपछि आफूले नै तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको उनले उल्लेख गरे। ओलीको राजीनामा, प्रतिनिधिसभाको विघटन, सुशीला कार्कीको मनोनयन र फागुन २१ को निर्वाचनसम्मका प्रक्रियामा ओलीको पनि सकारात्मक योगदान रहेको गौतमको तर्क छ।