उमेर बढ्दै जाँदा शरीरमा अनेकन् समस्या देखिन्छन् । विभिन्न रोग लाग्न थाल्छ । एक्लोपनदेखि नसोचेको रोग बुढ्यौलीमा लाग्नु सामान्य जस्तै हुन्छ । तर, यी सबलाई भुलाउने, मन शान्न पार्ने एउटा कुरा छ- संगीत । हो, संगीत सधैं मनोरञ्जनका लागि मात्र हुँदैन । होहल्ला र नाचगान गर्नका लागि मात्र हुँदैन । यसले तन रमनका लागि एउटा औपधिका रूपमा पनि काम गर्छ । ओरेगन विश्वविद्यालयका प्रोफेसर र एभ्री ब्रेन निड्स म्युजिकका लेखक ल्यारी शर्मनका अनुसार जीवनभर संगीत सिक्ने वा गाउने गर्दा हाम्रो दिमागका कोषिकाहरू बलियो हुन्छन् । यसले बुढेसकालमा लाग्ने बिर्सने रोगहरूलाई ढिलो बनाउन वा रोक्न मद्दत गर्छ । अनुसन्धानले पनि यही कुरा भन्छ ।गीतमा रमाउनाले उमेरसँगै लाग्ने रोगहरूको जोखिम कम हुन्छ नै, सँगै रोग लागिसकेका बिरामीहरूका लागि पनि यो एउटा बलियो सहारा बन्छ । गीत गाउँदा पार्किन्सनका बिरामीहरूको स्वरमा प्रस्टता आउँछ । उनीहरूको दैनिक जीवन सहज हुन्छ । त्यस्तै अरू संगीत सम्बन्धी अभ्यासले उनीहरूलाई हिँडडुल गर्न पनि सजिलो बनाउँछ । अझ क्याथीले बिर्सने रोग (डिमेन्सिया) लागेकाहरूका लागि संगीतले सम्झने शक्ति, मान्छेको अनुहार पहिचान र पुराना सम्झनाहरूको याद गर्ने क्षमतामा सुधार ल्याउँछ ।













